भरलाङ्दी खानेपानी छाङकाे सनिवार सांसद भण्डारीले उद्घाटन गर्ने
भरलाङ्दी खानेपानीकाे यही साउन १२ गते सनिवार उद्घाटन हुने भएको छ । एक करोड लागतमा निर्माण सम्पन्न भएको म्याग्दे ४ छाङमा रहेको खानेपानीको नेपाली काँग्रेसका केन्द्रीय सदस्य, पूर्व मन्त्री एवम् तनहुँ क्षेत्र नं. २ का सांसद शंकर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको हाे । नयाँ खानेपानी ट्याङ्की निर्माण सहित “एक घर एक धारा” खानेपानीकाे उद्घाटन गर्न लागिएको म्याग्दे ४ का अध्यक्ष दिपक श्रेष्ठले बताए ।
सनिवार बिहान १०: ३० बजे हुने उद्घाटन कार्यक्रममा सहभागी हुन सम्पुर्ण वडावासीलाइ अध्यक्ष श्रेष्ठले आव्ह्वान गरेका छन् ।

आ. व. २०७९/०८० मा प्रदेश सरकारबाट २० लाख , दाेस्राेपटक म्याग्दे गापाकाे सहकार्यमा प्रदेशबाटै आ.व.२०८०/०८१ मा बिशेस अनुदानमा ५० लाख र छुट्टै शिर्षक बाट १५ लाख गरि ८५ लाखमा याेजना निर्माण भएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर श्रेष्ठ ले बताए । यस्तै बाँकी अपुग जि आइ पाइप लगायतका सामाग्रीहरु सांसद शंकर भण्डारी को पहलबाट रु. १५ लाख बराबरको वितरण भै जम्मा १ करोड बराबरको खानेपानी उद्घाटन हुन लागेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

























