लागु औषध सहित व्यास १ का मनिस पक्राउ
नियन्त्रित लागु औषध सहित व्यास १ का १ युवा पक्राउ परेका छन् ।

तनहुँकाे आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ब्यास नगरपालिका वडा नं १ बस्ने वर्ष १९ का मनिस परियार पक्राउ परेको प्रहरीले जनाएको छ । परियारले लुकाई छिपाई ल्याएको अवस्थामा Tramadol लेखिएको २७० क्याप्सुल सहित भेटिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

























