भानुमा आज र भाेली दिनभर लाइन नआउने

भानुमा आज र भाेली दिनभर लाइन नआउने
Oplus_0


तनहुँकाे भानु नगरपालिका अन्तर्गतका क्षेत्रहरूमा आज र भाेली दिनभर लाइन नआउने भएको छ ।

नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले एक सुचना जारी गर्दै डुम्रे प्रशाखा अन्तर्गत भानु-१ साजबोटे देखी भन्सार सम्म रहेको ११ के.भी. लाईन सुद्धिकरण कार्य गर्नुपर्ने भएकोले पोखरीछाप फिडर र गोरखा फिडर वाट विद्युत प्रसारण हुने ठाउँहरूमा विद्युत सेवा बन्द हुने जानकारी गराएको छ ।

भानु नगरपालिकाका १, २, ३,४ ,५, ६, ७, ८, १२ र १३ नं. वडाहरु साथै पालुङ्टार नगरपालिका वडा नं. ६,७, ९ र १० अन्तर्गतका स्थानहरुमा मिति २०८१/०४/१७ र १८ गते विहान ०९:०० बजेदेखि बेलुका ०५:०० बजेसम्म (आवश्यकता अनुसार) विद्युत सेवा अवरुद्ध हुने बताएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page