बीमा रकम ठगी गर्ने उद्देश्यले आफ्नैं पसलमा आगाे लगाउने दुई जना पक्राउ

बीमा रकम ठगी गर्ने उद्देश्यले आफ्नैं पसलमा आगाे लगाउने दुई जना पक्राउ
Oplus_0


बीमा रकम ठगी गर्ने उद्धेश्यले आफ्नैं पसलमा आगाे लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।


अनुसन्धानका क्रममा सञ्चालक आफैले आगो लगाएको खुलेपछि प्रहरीले पोखरा-१८ ड्यामसाइडका ३६ वर्षीय सुजन गहतराज र विरौटाका ४३ वर्षीय पवन नेपाललाई पक्राउ गरेको हाे ।पोखरा महानगरपालिका वडा नं. ६ नारेश्वरचोकस्थित मुक्तिनाथ सपिङ सेन्टरका सञ्चालक आफैले आगो लगाएको अनुसन्धानमा खुलेको कास्की प्रहरीले जनाएको छ ।

यही साउन १६ गते राति उक्त पसलमा आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको दावी गरिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page