नेपाल तरुणदल ब्यास नगरकाे अध्यक्षमा युवराज
नेपाल तरुणदल ब्यास नगर कार्यसमितिको अध्यक्ष पदमा युवराज भण्डारी मनोनीत भएका छन् । नेपाल तरूण दल तनहुँका अध्यक्ष हिरा थापाले भण्डारीलाई अध्यक्षमा मनाेनयन गरेका हुन् । व्यास १ निवासी भण्डारी युवाहरू माझ लाेकप्रिय मानिन्छन् ।

व्यास नगर कार्यसमितिकाे संगठन निर्माण , विस्तार र परिचालन गर्नकाे लागि तरूण दलको बिधान अनुसार भण्डारीलाई मनाेनयन गरिएको जिल्ला अध्यक्ष हिरा थापाले बताए ।

























