टिम नेपो तनहुँको छैटौं पदस्थापन तथा संस्था स्थापना दिवस सम्पन्न , अध्यक्ष बर्षा द्वारा पदभार ग्रहण
टिम नेपो तनहुँ को छैटौं पदस्थापना कार्यक्रम तथा संस्था स्थापना दिवस कार्यक्रम दमौलीमा सप्पन्न भएको छ । पदस्थापना सँगै बर्ष २०२४/२५ की अध्यक्ष बर्षा सारु ले पदभार ग्रहण गरेकी छन् ।

उक्त अवसरमा बर्ष २०२३-२४ की अध्यक्ष पबित्रा भुजेलले बर्ष २०२४-२५ को अध्यक्ष लाई सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गरिकि थिइन् । बर्षा सारुको नेतृत्वमा गठन भएको समितिमा दिपालि राना – सचिब ,सन्ध्या श्रेष्ठ – कोषाध्यक्ष मनिशा आले -मेम्बरसिप कोअर्डिनेटर , सागर कुवर – पार्ट्नरसिप कोअर्डिनेटर ,थमन थापा- पब्लिसिस्ट , उमेश पौडेल -इडिटर , राजु श्रेष्ठ – ईभेन्ट कोअर्डिनेटर , पर्शुराम ढुंगाना – फन्डराईजिङ कोअर्डिनेटर र संतोष सिग्देल – भोलेन्टर कोअर्डिनेटर चयन भएका छ्न। अध्यक्ष सारुले सम्पूर्ण कार्यसमिति सदस्यहरुलाई सपथ गराएकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि टिम नेपो गण्डकी प्रद्रेशका प्रदेश सचिब मिन बहादुर कुंवरले टिम नेपोको कार्यक्षेत्र शिक्षा , स्वास्थ्य , वातावरण संरक्षण, र युवा नेतृत्व लाई प्राथमिकतामा राखेर काम गर्ने भएको बताए । प्रमुख अतिथि कुवरले संस्थाको कार्यक्षेत्र अनुसार अध्यक्ष बर्षा सारुलाई काम गर्न समेत आग्रह गरेका थिए ।
यस्तै संस्था स्थापना दिवसकाे अवसरमा संस्थाले ब्यास-५ साँगेमा रहेको जनजुक्त मा. बि कक्षा ७ मा अध्यनरत जेहन्दार छात्र दिवस खत्रीलाई बिद्यालय पोसाक , स्टेसनरी सामान र छात्रवृत्ति रकम उपलब्ध समेत गराएको छ।कार्यक्रममा आफ्नो कार्यकाल को कार्य योजना सुनाउदै अध्यक्ष सारूले शिक्षा स्वास्थ्य वातावरण जस्ता क्षेत्रमा विभिन्न कार्यक्रम रहेको बताइन् । आँफुले एक प्रतिष्ठित संस्थाको नेतृत्व गर्ने जिम्मेवारी पाएको बताउँदै उनलेे आफ्नो कार्यकालमा रचनात्मक र उत्कृष्ट कार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।
कार्यक्रममा बर्स २०२३-२४ को उत्कृष्ट सदस्यहरु लाई समेत सम्मान गरिएको थियो । संस्थाका पुर्ब अध्यक्षहरुको समेत उपस्थिती रहेको कार्यक्रमकाे बर्ष २०२४-२५ की सचिब दिपालि रानाले संचालन गरेकि थिइन् ।
























