डिएसपी दिपकले बाँडे जेष्ठ नागरिक तथा बिरामीलाई फलफूल !
नेपाल प्रहरी श्रीमती संघको ४० औ वार्षिक उत्सवको अवसरमा जेष्ठ नागरिक तथा बिरामीलाई फलफूल वितरण गरिएको छ । संघको वाषिर्कोत्सवकाे अवसरमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक डिएसपी दिपक कुमार रायले फलफूल वितरण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

डिएसपी रायले व्यास नगरपालीका वडा नं. ०५ पाटन स्थित रहेको वृद्ध आश्रममा रहेका जेष्ठ नागरिकहरु र दमौली अस्पताल तनहुँमा उपचाररत रहेका बिरामीहरुलाई फलफुल वितरण गरेका हुन् ।

























