लियो क्लव अफ म्याग्दे द्वारा महायज्ञ स्थलमा डस्टबिन सहयोग

लियो क्लव अफ म्याग्दे द्वारा महायज्ञ स्थलमा डस्टबिन सहयोग


लियो क्लव अफ तनहुँ म्याग्देले थर्पुमा सुरु भएको महायज्ञ स्थलमा राख्न डस्टबिन सहयोग गरेको छ ।

क्लवले थर्पुकाे सिद्धेश्वर शिवपार्वती मन्दिर प्राङ्गण परिसरमा शिवजीको त्रिशुल सहित विशाल मूर्ती स्थापना गर्ने तथा मन्दिरको सर्वाङ्गिण भौतिक पूर्वाधार विकास निमार्ण सहयोगार्थ आयाेजना गरिएको महायज्ञ स्थलमा राख्न डस्टबिन सहयोग गरेको हाे ।

महायज्ञ स्थलबाट निस्कने फाेहाेरमैला व्यवस्थापन काे लागि सहज हाेस भनेर डस्टबिन सहयोग गरेको क्लवका अध्यक्ष सुरज लामिछानेले बताए । उक्त अवसरमा डस्टबिन सहयोग गरेको भन्दै कार्यक्रम मुल समारोह समिति संयाेजक चित्र बहादुर शाहीले सहयोगी क्लबलाई धन्यवाद दिएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page