साँढे ५४ लाख संकलन गर्दै सकियो थर्पुमा भएको महायज्ञ

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं.-४, थर्पुबजारमा साउन २७ गते देखि सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ साेमबार सम्पन्न भएको छ । महायज्ञमा कुल ५४ लाख ६९ हजार ९ सय ११ रूपयाँ दान रकम सहयोग संकलन भएको छ ।
महायज्ञकाे अन्तिम नवाैं दिन साेमबार मात्रै ५ लाख ३५ हजार २ सय ८ रूपयाँ दान सहयोग संकलन भएको थियो । जसमध्ये जिन्सी समान २ लाख २१ हजार ५ सय ७२ र बाँकी नगद रहेको आयाेजकले बताएकाे छ ।

महायज्ञमा साेमबार सबैभन्दा धेरै कृष्णकुमार श्रेष्ठ / बिष्णुमाया श्रेष्ठ तथा छाेराहरू उमेश श्रेष्ठ र महेश श्रेष्ठ म्याग्दे ४ बाट कुल १ लाख २० हजार ५ सय ५५ रूपया दान रकम सहयोग गरेका छन् । यस्तै सेती दाेभान व्लक एण्ड एग्रिगेट म्याग्दे ४ बाट १ लाख १७ हजार ७ सय १७ रूपया बराबरको निर्माण सामाग्री प्रदान भएको छ ।

यस्तै महायज्ञकाे अन्तिम दिन सुर्यकुमार / दिपक / रमेश श्रेष्ठ म्याग्दे ४ बाट २५ हजार ५ सय ५५ , देवकुमार श्रेष्ठ व्यास २ बाट ६ हजार ५ सय , मल्ल प्रतिस्ठान म्याग्दे ४ बाट ११ हजार १ सय २३ , इमकुमार / निर्मला मल्ल व्यास २ बाट ७ हजार ५ सय ५१ , गाैरब राज राना म्याग्दे ४ बाट ११ हजार १ सय ११ , तिलमाया थापा म्याग्दे ४ बाट १० हजार १ सय ५५ , थर्पु घुम्ती नेपाल ठकुरी समाज तनहुँ बाट ११ हजार १ सय ११ , सु. अमरसिंह थापा म्याग्दे ७ बाट १० हजार ५ सय ५० , साेमबहादुर / बसन्ती थापा म्याग्दे ४ बाट ११ हजार १ सय ११ रूपयाँ दान सहयोग संकलन भएको कार्यक्रम मुल समारोह समिति संयाेजक चित्र बहादुर शाहीले बताए ।
थर्पुकाे सिद्धेश्वर शिवपार्वती मन्दिर प्राङ्गण परिसरमा शिवजीको त्रिशुल सहित विशाल मूर्ती स्थापना गर्ने तथा मन्दिरको सर्वाङ्गिण भौतिक पूर्वाधार विकास निमार्ण सहयोगार्थ महायज्ञ आयाेजना गरिएको थियो ।
श्रावण २७ देखी भाद्र ३ गतेसम्म भएको महायज्ञमा मुख्य कथावाचकमा शिरोमणी पं. दिपक प्रसाद पौडेल रहेका थिए । पाैडेलकाे मुखार विन्दुबाट संगीतमय श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ, शिवमहापुराण, वृहत धार्मिक श्रावण मेला एवम् बोलवम महोत्सव-२०८१ भएको मन्दिर संरक्षण समितिका सचिव केशबहादुर कुमालले बताए ।
शिद्धेश्वर शिव पार्वती मन्दिर उपभोक्ता समितिकाे आयाेजनामा सम्पन्न भएको महायज्ञकाे संरक्षकमा म्याग्दे गाउँपालिका र सह-संरक्षकमा म्याग्दे गाउँपालिका वडा नं ४ रहेको कार्यक्रम सहजकर्ता एवम् म्याग्दे ४ का अध्यक्ष दिपक श्रेष्ठले बताए ।
महायज्ञ समापन कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले महायज्ञले हिन्दु धर्मप्रति बढ्दै गएको बितृष्णा हट्ने विश्वास लिएको बताए । मानिसकाे आचरण , व्यवहार लगायतका बिषयमा ९ दिनसम्मकाे कथा प्रवचनले परिवर्तन ल्याउने घिमिरेको भनाइ थियो ।
प्रमुख अतिथि घिमिरेले शिवजीकाे मुर्ति राख्ने उद्धेश्यले भएको महायज्ञकाे काममा यज्ञ सम्पन्न भएको भए पनि उद्धेश्य बल्ल सुरु भएको बताए । उद्धेश्य अनुसारको काम पूरा भयो भने मात्रै यसले सार्थकता पाउने भन्दै घिमिरेले गाउँ गाउँबाट स्वस्फूर्त रूपमा सहयोग आएकाे तर बजारमा केहीकाे गुनासो आएकाे सुनेको बताए । गुनासो किन र केका लागि ? कसका लागि ? घिमिरेकाे प्रश्न थियो ।
अब सबैलाई समेटेर गुनासो रहित तरिकाले काम अगाडि बढाउन आग्रह गर्दै घिमिरेले त्यसाे भएमा काम सम्पन्न गर्न सजिलो हुने बताए । अब कस्तो मुर्ति बनाउने भन्ने बारेमा सल्लाह गरेर सबैले आफ्नाे दायित्व अपनत्व हुने गरि काम अगाडि बढाइने घिमिरेकाे भनाइ थियो । घिमिरेले महायज्ञ साेचेभन्दा पनि राम्रोसँग सफल भएको भन्दै आयाेजक समितिलाई धन्यवाद दिए ।
समापन कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरूले महायज्ञ भब्य रूपमा सम्पन्न भएको भन्दै अब यसलाई उद्धेश्य अनुरूपकाे काम र व्यवहारमा लानुपर्ने बताएका थिए ।
























