फ्रेन्डसीपकाे ” मन्दिप बचाउ अभियान” मा साउदीबाट १ लाख सहयाेग

फ्रेन्डसीपकाे ” मन्दिप बचाउ अभियान” मा साउदीबाट १ लाख सहयाेग


तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं-१ गुणादी निवासी मन्दिप आलेलाई उपचार सहयोग गर्न थालिएको ” मन्दिप बचाउ अभियान ” मा साउदीबाट १ लाख रूपयां सहयोग प्राप्त भएको छ ।
“मन्दिप आले बचाउ अभियान” को लागि ब्यास – १ भादगाउँ निवासी कमल पाटा मगरको नेतृत्वमा साउदी अरबको रियाद स्थित”पाण्डा रिटेल कम्पनी”मा कार्यरत नेपाली दाजुभाइ तथा साथीहरुको तर्फबाट संकलित उपचार रकम रु-१ लाख ७ हजार ५ सय ५६ रुपयाँ सहयोग प्राप्त भएको छ । कमलकाे नेतृत्वमा १ लाख रुपैयाँ सहयोग पठाउनुभएकोमा फ्रेन्डसीप युवा क्लवले सहयोगीहरुलाई धेरै-धेरै धन्यवाद तथा उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गरेको छ ।

श्रावण २८ गते बेलुका करिब ९ बजेको समयमा पृथ्वी राजमार्ग अन्तर्गत म्याग्दे-१ बरचउरमा मोटरसाइकल दुर्घटनामा परि टाउकोमा गम्भीर चोट लागि पोखरा गण्डकी मेडिकल कलेज ( GMC ) मा उपचारार्थ रहेका आलेलाइ बचाउन गुणादीमा रहेको फ्रेन्डसीप युवा क्लवले अभियान थालेको थियो । आलेलाइ टाउकोको अप्रेसन गरि ICU मा राखेको झण्डै २० दिन भएको र घरको आर्थिक अवस्था कमजोर रहेकोले अभियान सुरु गरिएको फ्रेन्डसीप युवा क्लवका निवर्तमान अध्यक्ष दुर्गा राज मगरले बताए । लामो समयसम्म पनि बोल्न,चल्न नसक्ने भइ घाइते आले गम्भीर अवस्थामा रहेको तथा उपचारको क्रममा घरको आर्थिक अवस्था दिन प्रतिदिन नाजुक हुँदै गएकोले थप उपचारको निम्ति अझ धेरै पैसा लाग्ने भएको हुँदा सहयोग अभियान थालिएको दुर्गाले जानकारी दिए ।

थोपाथोपा मिलेर सागर बनेझै १/१ पैसा को सहयोगले बिरामीलाई बचाउन सकिन्छ भने त्यो नै ठुलो धर्म हुनेछ भन्दै देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण संघ संस्था तथा जहाँबाट जे जति सक्नुहुन्छ त्यतिनै सम्बन्धित बिरामी को जीवन रक्षाको निम्ति सहयोग गरि दिनु हुन भनी गरेको अपिलमा बिहीबार साँझसम्म १३ लाख संकलन भएको क्लवले जनाएको छ । क्लवले सहयोग अभियान सुरु गर्दै घाइते आले फ्रेण्डसीप युवा क्लवकाे एक उत्कृष्ट गोलरक्षक भएको समेत बताएको छ । क्लबले असल कर्म नै मानवीय धर्म भएको भन्दै बिरामीको आमा मन कुमारी आलेकाे प्राइम बैंक दमाैलीमा रहेको खाता नं ११४००५५०१ y मा रकम सहयोग गर्न भनेको छ । हाल घाइते मन्दिपकाे स्वास्थ्यमा थाेरै सुधार आएकाे र बाेलाउँदा आखा हेर्न थालेको क्लवका निवर्तमान अध्यक्ष दुर्गाले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page