दमाैलीमा ४/९ गोर्खा राइफल्स (चिण्डित) को राइजिङ डे मनाइयो
४/९ गाेर्खा राइफल्स ( चिण्डित ) काे राइजिङ डे दमाैलीमा भब्य रूपमा मनाइएको छ । क्लवका अध्यक्ष हवल्दार चुडालाल मल्लकाे अध्यक्षतामा भएको कार्यक्रममा ८४ वर्षीय भूतपूर्व हवल्दार पदम बहादुर क्षेत्रीले उद्घाटन गरेका थिए ।

कार्यक्रममा हनेरी कप्तान बुद्धि बहादुर शाहीले सन् १९४७ देखि सन् २०२४ सम्मको पल्टनकाे इतिहास स्मरण गराएका थिए । कार्यक्रममा सुवेदार, वसन्तबहादुर बानिया , सुवेदार प्रेम राज अधिकारी , सुबेदार चेतबहादुर थापा , सुवेदार प्रेम वहादुर खड्का , क्लवका उपाध्यक्ष सु. धन बहादुर थापा , सबै पल्टन को फेम्लीकाे तर्फ वाट सावित्रा वानीया लगायतले पल्टनकाे बारेमा बाेल्दै शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा ४/९ जी. आर. तनहुँमा गठन भएपछि भुपु सैनिक सदस्य र विर नारी हरु को संख्या वढेको बताइएको थीयो । यस संस्थाले भूपु सैनिक हरु र विर नारीहरु लाई पर्न गएको समस्यालाई सहजीकरण गर्ने गरिएको अध्यक्ष मल्लले वताए । पल्टनकाे जन्मजयन्ती र सुनौलो इतिहास लाई कहिले पनि भूल्न नहुने मल्लको भनाई थियो ।
कार्यक्रममा शिव लाल श्रेष्ठ , पपुल थापा , गुनबहादुर बानिया , भीम जङ्ग पाण्डे , धन बहादुर महत , हवलदार नारायण क्षेत्री लगायतले भूपूहरूकाे इतिहास अविस्मरणीय रहेको बताएका थिए । उक्त अवसरमा जेष्ठ भूपूहरूलाइ सम्मान गरिनुका साथै साँस्कृतिक कार्यक्रम गरिएको थियो ।
























