लागू औषध गाँजा सहित १ जना पक्राउ :

तनहुँकाे आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा लागु अाैषध गाँजा सहित एकजनालाई पक्राउ गरेको छ ।

मुग्लिङ तर्फबाट आँबुखैरेनी तर्फ आउदै गरेको यात्रुबाहक बसमा सवार धादिङ जिल्ला निलकण्ठ न.पा. वडा न. ४ घर हुने बर्ष १९ को अमर नेपालीले साथमा लुकाई छिपाई ल्याएको अवैध लागू औषध ३ किलोग्राम गाँजा सहित निजलाई पक्राउ गरीएकाे आँबुखैरेनी प्रहरीले जनाएको छ । पक्राउ परेका नेपालीलाइ जिल्ला अदालत तनहुँबाट म्याद थप गरी ईलाका प्रहरी कार्यालय आँबुखैरेनी, तनहुँबाट थप अनुसन्धान भईरहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page