तनहुँका प्रहरीलाई पाेखरामा स्कुटर चाेरेकाे आराेप लागेपछि –!
जिल्ला प्रहरी कार्यालय तनहुँमा रहेका घुमुवा प्रहरीलाई पाेखरामा स्कुटर चाेरेकाे आराेप लागेको छ । पाेखरामा गइ एक स्कुटर समातेर लागुपदार्थ ओसारपसारमा संलग्न रहेको भन्दै ती प्रहरीले स्कुटर समातेर लिएको एक प्रहरीले नाम नबताउने सर्तमा बताए ।

तनहुँमा कार्यरत प्रहरीले कास्कीमा आइ यहाँको प्रहरी सँग समन्वय नगरी आंफुखुसी तरिकाले स्कुटर समातेर बसमा चढाउनुले उसको नियत ठिक नभएको ती प्रहरी अधिकारीले बताए ।
उक्त समातेको स्कुटर तनहुँ तर्फ ल्याउन बसमा हाली ल्याउँदै गर्दा डाँडाकाे नाक प्रहरीले समातेको ती प्रहरी अधिकारीले बताए । उता स्कुटर धनीले बैदाम प्रहरीमा आफ्नाे स्कुटर चाेरी भएको जाहेरी दिनु र यता प्रहरीले स्कुटर समातेपछी उक्त घटनाकाे वास्तविकता पर्दाफास भएको हाे ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी दिपक रायसँग सम्पर्क गर्दा उक्त घटनाका सम्बन्धमा कास्कीमै बुझ्न आग्रह गरे । रायको उक्त भनाइ पछि जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी माेहन थापालाई टेलिफोन गर्दा फाेन उठेन । घटनाको थप रहस्य बुझ्नकाे लागि पुन बैदाम प्रहरीलाई सम्पर्क गर्दा एकजनाले स्कुटर चाेरी भएको उजुरी दिएको तर अन्य कुराहरू साेधपुछ र अनुसन्धानकै क्रममा रहेकोले अहिले भन्न नसकिने जवाफ दिए ।

सांकेतिक फाेटाे
























