अधिराज्यव्यापी लाेकगीत प्रतिस्पर्धामा प्रथम भएका तनहुँका गायक थापा गम्भीर बिरामी , सहयोगकाे अपिल

अधिराज्यव्यापी लाेकगीत प्रतिस्पर्धामा प्रथम भएका तनहुँका गायक थापा गम्भीर बिरामी , सहयोगकाे अपिल


२०४८ सालमा अधिराज्यव्यापी लाेकगीत प्रतिस्पर्धामा प्रथम भएका ख्यातिप्राप्त गायक तनहुँ घर भएका कृष्ण थापा गम्भीर बिरामी भएका छन् । गायक थापा बिरामी भए पछि खर्च अभावमा उनको थप उपचार हुन सकेको छैन , साथै नियमित खानुपर्ने औसधि किन्नमा समेत मुस्किल परेको छ । उनको उपचारको लागि परिवारजनले सहयोगकाे अपिल गरेको छ ।

भानु नगरपालिका वडा नं ७ माेहरिया गाउँ बस्ने वर्ष ५८ का गायक / कलाकार थापा बिगत २ वर्षदेखि बिरामी भएका हुन् । उनलाइ एकहाेराे हुने , काम्ने , छाेप्न आउने , भनेको कुराहरू भुल्ने र आफ्ना अधुरो रहेका एल्बमको काम पूरा गर्न नसकेको लगायतका बिषयमा बर्वराउने जस्ता मानसिक समस्या देखिएको छ ।

२०४३ सालमा रेडियो नेपालमा भ्वाइस टेस्ट पास भए पछि गायन क्षेत्रमा लागेका उनलेे स्टुडियो सँगै थुप्रै
मेला महाेत्सवमा गीत गाएका छन् । जिवनभर गायन क्षेत्रमा बिताएका गायक थापाको पहिलो एल्बम आमाकाे आंसु २०५० सालतिर बजारमा आएकाे थियो । करिब ४० वटा गीति एल्बम निकालेका उनलेे ” लाहुरे फुली पाते बुलाकी ” ” हेलिकप्टर कहाँ हाेला दिलकाे डाक्टर ” औठि ताेलाकाे , बुलबुल तालैमा मिर्लुङकाेटकाे भिर , सारङ्गिकाे तार , सालैजाे , झ्याउरे गीत , बुलबुल तालैमा , पाेखरामा गेट , फुलपाती अक्षता , फुलफुलेकाे छ , बिजाेडी ढुकुर , झर्याे कमल फुल , धादिङ गजुरी , पिपल छायाले , भाले मजुर , मर्स्याङ्दिकाे तिर , डाेकाे बाेकेर , झल्को आइरहनी , चिसाेचिसाे , थानी माया लगायत गरि झण्डै ६० वटा गीतहरू बजारमा ल्याएका छन् ।
तनहुँ महाेत्सव लगायत अन्य ठाउँमा सम्मानित गायक थापाले , भिमाद , राेल्पा , महेन्द्रनगर , दाङ , चितवन , लमजुङ , रामेछाप लगायतका ठाउँमा गएर गीत गाएका छन् ।

स्वर , शब्द , लय का धनी थापालाई स्वास्थ्य समस्या जटिल भएपछि लाेकदाेहाेरी प्रतिस्ठान तनहुँले उनको उपचारको लागि सहयोग गरिदिन सबैमा अपिल गरेको छ । प्रतिस्ठानकि निवर्तमान अध्यक्ष सीता गुरूङले कलाकार थापा उत्कृष्ट र ख्यातिप्राप्त गायक भएको भन्दै उपचारमा सघाउन सबै सँग आग्रह गरिन् । गायक थापाको आफन्त , स्वदेश तथा बिदेशमा हुने सम्पुर्ण व्यक्तित्वहरू एवम् सम्पुर्ण कलाकारहरूलाइ दुखकाे घडीमा साथ दिनुहुन र सक्दो आर्थिक सहयोग गरिदिनुहुन गुरूङले अपिल गरेकी छन् ।

गायक थापाको श्रीमती मिना थापा समेत नशा सम्बन्धि समस्याले बिरामी भएको र घरमा अन्य काेही पनि नभएकोले उनको अवस्था थप कहालिलाग्दो छ ।आफ्नाे भएको घर भुकम्पले भत्काएपछी ससुराली घरमा बस्दै आएका थापाको सन्तानमा एउटा छाेरी भएको र उनको बिवाहा भैसकेकोले घरमा गायक थापाका श्रीमान श्रीमती मात्रै छन् । श्रीमानको लागि छाेरी , ज्वाइ तथा अन्य नजिकका आफन्तबाट सहयोग लिँदै जेनतेन औषधि खुवाउँदै आएकी थापाकी श्रीमती मीनाले घरमा आम्दानिकाे श्राेत केही पनि नभएको बताइन् ।


अहिलेसम्म काठमाडौं न्युरो सेन्टर एण्ड पाेली क्लिनिक , गाेरखा सामुदायिक पाेली क्लिनिक , दमाैली अस्पताल , मानसिक अस्पताल लगनखेलमा श्रीमानकाे उपचारको लागि लगेको र त्यहीँबाट सिफारिस गरेको औषधि किन्दै खुवाउँदै आएकाे श्रीमती मीनाले बताइन् । नियमित औषधी खुवाउनु पर्छ , एकदिन टुट्यो भने झनै समस्या बढ्छ भन्दै उनलेे पैसाकै कारण सिटी स्क्यान , एमआरआइ गर्न पर्छ भन्दापनी नसकेर नगरेको मीनाले दुखेसो पाेखीन् ।
१ वर्ष अगाडि देखि मानसिक अस्पतालमा बाेलाएकाे
भए पनि लान नसकेकोले सबैले सहयोग गरिदिए उपचारको लागि लान पाउने र श्रीमानलाई निकाे हुने उनले आशा गरेकी छन् ।
केही समय अगाडि गायिका राधिका हमालका श्रीमान समेत घरमै आएर ल के गर्ने , कसरी सहयोग जुटाउने भनेर सल्लाह गरेर गएको , अन्य थुप्रै कलाकार साथीहरूले पनि हामी सहयोग गर्छौं भनेको उनलेे जानकारी दिइन् ।
सहयोगका लागि गायक थापाको श्रीमती मीना थापाको ग्लोबल IME बैंक दमाैली शाखाको खाता नम्बर 09307010682473
Mina Thapa
Global IME Bank,Damauli

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page