बन्दीपुरमा ४५ औँ विश्व पर्यटन दिवस मनाइयो
बन्दीपुरमा ४५ औँ विश्व पर्यटन दिवस धुमधामका साथ मनाइएको छ । निरन्तरकाे झरीका बाबजुद विभिन्न , साँस्कृतिक कार्यक्रम , झाँकी , लाखे नाच लगायत प्रदर्शन गर्दै पर्यटन दिवस मनाइएको हाे । उक्त अवसरमा बन्दीपुर भ्रमण वर्ष २०२५ औपचारिक रूपमा घोषणा गरिएको छ ।


बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा कृषि भूमि तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठकाे प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा, उपाध्यक्ष पञ्चमाया गुरुङ , प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्य , राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम का प्रमुख डाक्टर राजु कँडेल लगायत विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।
























