काठमाडौं बाट पाेखरा आउँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना हुँदा १२ जना घाइते

काठमाडौं बाट पाेखरा आउँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना हुँदा १२ जना घाइते

काठमाडौंबाट पोखरा आइरहेको माइक्रो बस नुवाकोटको शिवपुरी जंगलमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

झ्याप्ले खोलाकाे पहिरोका कारण पृथ्विराजमार्ग हुँदै आउन नपाएर नुवाकाेटको बाटाे पोखरा आउदै गरेको हायस गाडी सोमबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका-७ चापाबोटमा दुर्घटना भएको प्रहरीले बताएको छ । बस सडकबाट करिब ३० मिटर तल खसेको छ ।सडकबाट खसेको ग १ ख ४५३५ नम्बरको गाडी खसेर रूखमा अड्किएको थियो ।
गाडीमा १८ जना सवारमध्ये गम्भीर दुईसहित १२ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

पहिरोका कारण काठमाडौँको टोखाबाट नुवाकोट हुँदै धादिङको गल्छी निस्केर पोखरा जाने क्रममा नुवाकोटमा दुर्घटनामा परेको हो  ।यो सडकखण्ड काठमाडौं‌बाट नुवाकोटको त्रिशुली हुँदै गल्छी पुगेर पृथ्वी राजमार्गमा जोडिन्छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page