लायन्स सत्यवतीले गर्याे जेष्ठ नागरिक आश्रमलाई सहयोग

महिलाद्वारा सञ्चालित बेद ब्यास ज्येष्ठ नागरिक आश्रम लाई लायन्स क्लब अफ तनहुं सत्यवतीले आर्थिक सहयोग गरेको छ । अन्तराष्ट्रीय ज्येष्ठ नागरिक दिवसको अबसरमा लायन्स क्लब अफ तनहुं सत्यवती ले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि आश्रमको सेवा लाई थप सहज बनाउन नगद ५ हजार ५ सय ५५ तथा फलफूल र खाजा सहयोग गरेको हाे ।

यस्तै कार्यक्रममा क्लबका अध्यक्ष पवित्रा खनालले आफ्नो आजै परेको जन्मदिनको अबसरमा ५ हजार पच्पन्न सहयोग गरेकाे आश्रमले जनाएको छ । साेहि अवसरमा क्लबका पुर्ब अध्यक्ष शुभसान्तीबाट पनि जन्मदिनको अवसरमा १ हजार १ सय सहयोग गरेको बताइएको छ ।
























