तनहुँ क्रिकेट लिगको उपाधि आयाेजक दमाैली क्रिकेट क्लबलाई

तनहुँ क्रिकेट लिगको उपाधि आयाेजक दमाैली क्रिकेट क्लबलाई

तनहुँ जिल्ला स्तरीय तनहुँ क्रिकेट लिग प्रतियोगिताकाे उपाधि आयोजक दमौली क्रिकेट क्लवले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा बैरेनी युवा क्लवलाई १४ रनले पराजित गर्दै दमौली क्रिकेट क्लवले उपाधि जितेको हो ।

टस जितेर पहिले व्याटिङ गरेको दमौली क्रिकेट क्लवले निर्धारित २० ओभरमा अलआउट हुँदै एक सय ७८ रन बनाएको आयाेजकले जनाएको छ । उपाधि विजेता आयोजक दमौली क्रिकेट क्लवले नगद रु ३० हजार र उपविजेता बैरेनी युवा क्लवले नगद रु १५ हजार प्राप्त गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page