मुस्ताङमा कार र माेटरसाइकल ठाेक्किँदा गाेरखाका खड्काको मृत्यु
मुस्ताङमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

जोमसोमबाट लेतेतर्फ जाँदै गरेको ग१च ७६९२ नम्बरको कार र बेनीबाट जोमसोमतर्फ आउँदै गरेको मोटरसाइकल घरपझोङ-३ पुथाङ एअरपोर्ट नजिक मंगलबार साँझ ठोक्किएकाे प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक गाेरखा जिल्ला आरु चनौटे-९ का ३२ वर्षीय सञ्जय खड्काको मृत्यु भएको हो ।
मुस्ताङ प्रहरी प्रमुख डिएसपी सूर्यबहादुर बोगटीका अनुसार मृतक खड्का अपर मुस्ताङ घुम्न काठमाण्डूबाट जाँदै थिए ।
दुर्घटनाबाट गम्भीर घाइते भएका खड्कालाई मुस्ताङ अस्पतालमा पुर्याइएकामा चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए । प्रहरीले कार चालक सुन्दर ट्वाटीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाइएको बताएको छ ।























