बजार अनुगमनमा आएकाे थाहा पाएपछि भीमादका केही व्यापारीकाे भागाभाग

बजार अनुगमनमा आएकाे थाहा पाएपछि भीमादका केही व्यापारीकाे भागाभाग

तनहुँकाे भीमाद बजार अनुगमनमा गएको टोली देखेर त्यहाँका केही व्यापारीहरूकाे भागाभाग भएको छ । सहायक प्रमुख जिल्ला अधिकारीकाे नेतृत्वमा अनुगमनकाे लागि टाेली आएकाे भन्ने थाहा पाएपछि त्यहाँका ५ वटा हाेलसेल दाेकानका व्यापारीहरू सटर थुनेर भागेकाे अनुगमनमा सहभागी एक कर्मचारीले बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी जीत बहादुर भण्डारीको नेतृत्वमा खटिएको टोलीले बजारका अन्य ३१ वटा पसलको अनुगमन गरेको थियो । भीमाद नगरपालिका–६ भिमाद बजारका विभिन्न किराना पसल, होटल, डिपाटमेन्टर स्टोर्स, मासु पसल, पशु तथा एग्रो फर्म, मेडिकल तथा स्वस्थ्य क्लिनिक गरी ३१ वटा पसलमा अनुगमन गरिएको हो। सो क्रममा रु १५ हजार बराबरको बिभिन्न म्याद नाघेका एवम् अखाद्य सामाग्रीहरु कोकोकोला, फ्रेन्टा, लेर्स, मिठाइ, चक्लेट, मिट मसला, कुरकुरे, माछा, पापड, फलफुल गरी ६ वटा पसलबाट सामान बरामद गरी नष्ट गरिएको जिल्ला बजार अनुगमन समितिको संयोजक एंवम् पर्यटन तथा उद्योग कार्यालय तनहुँका प्रमुख दुर्गाराज सुवेदीले जानकारी दिए ।  

उक्त अवसरमा अन्य पसल एवम् व्यवसायीलाइ पहिलो पटक सचेत गराइएको  थियो । बजार अनुगमन कार्यमा ,भिमाद नगरपालिकाका मेयर दधिराज सुवेदी उपमेयर शारदा खनाल प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पुन समितिको प्रतिनिधि सदस्यहरु कृषि ज्ञान केन्द्र, भेटनरी अस्पताल एवम् पशु विज्ञ केन्द्र, दमौली अस्पताल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि एवम्  भिमाद नगर उद्योग वाणिज्यका प्रतिनिधि, भिमाद इलाका प्रहरी कार्यालयका प्रमुख लगायतका टोलीले किराना पसल, होटल, डिपाटमेन्टर स्टोर्स, मासु पसल, पशु तथा एग्रो फर्म, मेडिकल तथा स्वस्थ्य क्लिनिक लगायतको अनुगमन गरेका थिए । अनुगमनका क्रममा भागेका व्यापारीकाे छिट्टै छड्के अनुगमन गरिने बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page