प्लास्टिक जन्य वस्तुको प्रतिबन्ध गर्ने व्यास नगरपालिकाकाे निर्णयले हावा खायो !
प्लास्टिक जन्य बस्तुकाे प्रतिबन्ध गर्ने व्यास नगरपालिकाकाे नितिगत निर्णयले हावा खाने संकेत देखिएको छ ।
नगरपालिकाले नगर क्षेत्र भित्र २०८१ जेठ १ गतेदेखि प्लास्टिकका झाेला , प्लेट , कप लगायतका हानिकारक प्लास्टिक जन्य बस्तुकाे प्रयाेगलाइ निशेधित गर्दै , वातावरण प्रदुषण न्युनिकरण गर्दै वातावरणलाई स्वच्छ र सफा राख्ने निर्णय गर्दै रनसीं नेपालीको संयाेजकत्वमा वन तथा वातावरण समिति गठन गरेको थियो ।
व्यास नगरपालिका द्वारा बनेको प्लास्टिकजन्य वस्तुको प्रतिवन्ध गर्ने सम्बन्धि एन २०८१ र साेकाे कार्यविधि अनुसार प्लास्टिकको झाेला , प्लेट र ग्लासकाे प्रयाेगलाइ निषेध गर्ने र साेकाे सट्टामा वातावरण मैत्री कपडा , जुट वा कागजका झाेलाहरू र कागजका कप , प्लेट वा दुना टपरी वा जैविक पदार्थबाट बनेका बस्तुहरू मात्रै प्रयाेग गर्न नगर सभाले भनेको थियो ।

तर याे निर्णय कार्यान्वयनमा जटिलता देखिएको छ ।
जिल्लाका अन्य स्थानीय तहमा नगरी हचुवाकाे भरमा प्रतिवन्धकाे निर्णय अहिले नगरपालिकालाई नै निल्नु न ओकल्नु भएको छ । भुइँमा प्लास्टिकजन्य बस्तु कुच्दै व्यापारीकाे टाँसी र साेकसका नयाँ प्लास्टिक झिक्दै नगरप्रहरीलाइ हिड्न लाज भएको छ ।

निर्णय भएको झण्डै ७ महिनामा पनि अनेक प्रयास गर्दापनी केही उपाय नलागेपछि दुई दिन अगाडि मात्रै यसलाई हेर्ने जिम्मेवारी पाएका रनसीं नेपालीले सामाजिक सञ्जाल फेसबुकमा अवस्था निराशाजनक रह्यो भन्दै लेख्नुले पनि याे अभियानले हावा खाएको पुष्टि हुन्छ । त्यतिमात्र हाेइन अहिले जहाँतही प्लास्टिककै झाेला प्रयाेग भइरहेको देख्न सकिन्छ ।
उनलेे लेखेका छन् –
” आज बेलुकी करीब ६:०० बजे दमौली बजारको हाईवे तरकारी बजार हुँदै निमचोक सम्म पुग्दा शुन्य प्लाष्टिक झोला अभियानको अवस्था निराशाजनक, आवश्यक समन्वयको प्रयास निर्रथक रह्यो ।”
























