बेलचाैताराका इन्स्पेक्टर पाेषणकाे एक्सन – साँढे ६ लाख सहित १३ जुवाडे पक्राउ
इलाका प्रहरी कार्यालय बेलचाैतारा तनहुँका इन्स्पेक्टर पाेषण थापा सरूवा भएर आएकाे जम्मा दुई महिना भयो । इलाका प्रमुखको रूपमा जिम्मेवारी सम्हालेका थापाले आफ्नाे इलाकामा शान्तिसुरक्षा , अमनचयन त कायम गरेका छन् नैँ साथै फरार प्रतिवादी समाउने देखि कार्यालयकाे प्रशासनीक काममा समेत सुधार गरेर जनतालाई छिटोछरितो सेवा दिएका छन् । थापाले प्रहरी भित्र राम्रो काम गर्न लामो समय कुर्न नपर्ने समेत ठुलो जुवाडे पक्राउ गरेर प्रमाणित गराएका छन् ।

बुधबार इप्रका प्रमुख थापाकै नेतृत्वमा गएको १५ जनाको प्रहरी टाेलीले शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कौडा खेलिरहेका १३ जुवाडेलाई पक्राउ गरेको छ । मान बहादुर घलेको घरमा कौडा खेलिरहेको सुचनाका आधारमा आफ्नैं कमाण्डमा प्रहरी लगेर उनलेे कसैलाई भाग्ने माैका दिएनन् । जिल्ला भित्र ठुला जुवाडे पक्राउ हुन नसकेको आराेप प्रहरी माथि लाग्दै आएकाेमा थापाले प्रहरी संगठनकै साख जाेगाउने काम गरेका छन् ।

काैडा खेलिरहेको अवस्थामा पक्राउ पर्नेमा ६९ बर्षिय याम बहादुर शाही (याम बहादुर आले), ६३ बर्षिय भिम बहादुर थापा, ३५ बर्षिय प्रकाश जुवार्चन, ३८ बर्षिय, रेमण राना, ३५ बर्षिय दिल कृष्ण आले, ३० बर्षिय विकाश श्रेष्ठ, ५४ बर्षिय किसान आले, ३४ बर्षिय शुदिप परियार, ३१ बर्षिय विनोद थापा, ४२ बर्षिय मोहन मगर, ३९ बर्षिय टिकाराम रिमाल, ४१ बर्षिय दिलिप गुरुङ र ५० बर्षिय मान बहादुर घले रहेका इलाका प्रहरी कार्यालय बेलचाैताराका सुचना अधिकारी प्रनानि सुरज सदाशंकरले जानकारी दिएका छन् ।
उनीहरुको साथबाट १६ थान कौडा , नगद ६ लाख ४३ हजार १ सय ९० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय तनहुँबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको समेत प्रहरीले जनाएको छ ।


























