एमालेले काठमाडौंमा गर्ने भनिएको प्रदर्शन प्रधानमन्त्री बिरूद्धकाे प्रदर्शन – रास्वपा नेता – झा

एमालेले काठमाडौंमा गर्ने भनिएको प्रदर्शन प्रधानमन्त्री बिरूद्धकाे प्रदर्शन – रास्वपा नेता – झा

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक प्रबक्ता मनिष झाले काठमाण्डौमा सत्तारुढ दल नेकपा एमालेले गर्ने भनिएको आगामी सात गतेको प्रदर्शनलाई ‘प्रधानमन्त्रीबिरुद्धको प्रदर्शन ‘ भनेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पार्टी सभापति रबि लामिछानेलाई भेटेर फर्केपछि सञ्चारकर्मी सँग उनलेे ७ गते एमालेले गर्ने भनिएको जनप्रदर्शनलाई ‘प्रधानमन्त्रीबिरुद्धको प्रदर्शन’ काे प्रतिक्रिया दिएका हुन् ।

दुई तिहाइकाे प्रधानमन्त्रीले के का लागि सडकमा प्रदर्शन गर्दै हुनुहुन्छ ? झा ले प्रश्न गरेका छन् ।
झाले मङ्सिर ७ गते काठमाण्डौमा प्रदर्शन गरेर प्रधानमन्त्रीले जनता तर्साउन खोजेको आरोप समेत लगाए।

बिभिन्न राजनीति दल एबम अभियानहरुले देशमा ब्यबस्थाबिरुद्ध संघर्षको घोषणा गरिरहेका बेला रास्वपाका कार्यबाहक प्रबक्ता झाले आफूहरु वर्तमान व्यबस्थाको पक्षमा रहेको दाबी गर्दै उनले अघि भने “देशमा ब्यबस्था परिवर्तन हैन, जनताको अवस्था परिवर्तनको पक्षमा हामी छौं।”

नेकपा एमालेले काठमाण्डौमा प्रदर्शन गरेको भोलिपल्टदेखि आफ्नो पार्टीले काठमाण्डौ केन्द्रित आन्दोलन गर्न लागेको जानकारी दिंदै उनले आफ्नो पार्टीले गर्ने आन्दोलन शान्तिपूर्ण रहने जिकिर गरे। सरकारले आफ्नो पार्टी सभापति रबि लामिछानेलाई राजनीतिक प्रतिशोधकाकारण पक्राउ गरेर हिरासतमा राखेको दाबी गर्दै नेता झाले आफ्नो पार्टी र पार्टी सभापतिबिरुद्ध भएका षड्यन्त्र बारे आन्दोलनका क्रममा भण्डाफोर गरिने बताए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page