राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँकाे सभापतिमा विश्व बास्तोला
सनिवार सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँकाे जिल्ला भेलाले विश्व बास्तोलालाई सर्वसम्मत सभापति बनाएको छ । तनहुँ उद्योग बाणिज्य संघको हलमा भएको भेलामा बास्तोलाकाे सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हाे ।
समितिकाे उपसभापतिमा बिजय जाेशी , सचिवमा पदमराज न्याैपाने ,सहसचिव अनिल श्रेष्ठ चयन भएका छन् । यस्तै समितिकाे सदस्यहरूमा मुक्तिनाथ पण्डित लाई चयन गरिएको र बाँकी सदस्यहरू पछि चयन गरिने रास्वपा म्याग्देका सभापति मनाेज अधिकारीले बताए ।

यस्तै क्षेत्र नं १ काे क्षेत्रीय सभापतिमा विष्णु पन्त तथा उपसभापतिमा सीता विक र सचिवमा रूपा खेती चयन भएका छन् । यस्तै क्षेत्र नं २ काे क्षेत्रीय सभापतिमा डाक्टर शेषरमण न्याैपाने , उपसभापतिमा सम्झना सुवेदी र सचिवमा शुन्दर बस्याल भएका छन् । यस्तै सदस्यहरूमा सीता अधिकारी , सुनिता परियार लगायत रहेका छन् ।

























