क्षेत्री समाज व्यास ६ द्वारा महेन्द्र ज्याेतीका बिद्यार्थीलाई स्टेसनरी सामाग्री सहयोग
क्षेत्री समाज नेपाल वडा कार्य समिति व्यास – ६ ले श्री महेन्द्र ज्योति मा वि का गरिब तथा जेहेन्दार बिद्यार्थीहरू लाई स्टेशनरी सामग्री सहयोग गरेको छ ।

सुक्रवार बिद्यालयमा आयाेजित सहयोग कार्यक्रममा बिद्यालयका प्र अ बुद्धि कुमार श्रेस्ठ , प्रमुख अतिथी बिनोद छिमाल लगायतको उपस्थितिमा क्षेत्री समाज व्यास नगर वडा कार्यसमितिले स्टेसनरी सामाग्री सहयोग गरेको क्षेत्री समाज व्यास ६ का अध्यक्ष बिनम के सीले बताए ।

सहयोग कार्यक्रममा ढाल प्रसाद घिमिरे ,सहायक प्र अ हरि राज काफ्ले , पिटिए अध्यक्ष लाल बहादुर पन्थ , बल बहादुर चदौला,वसन्त पन्थ लगायतको उपस्थिती रहेको थियो ।
























