दमाैली – पाेखरा सडक खण्ड दैनिक १० घण्टा बन्द !

दमाैली – पाेखरा सडक खण्ड दैनिक १० घण्टा बन्द !

मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पॉच दिन सडक अवरुद्ध सुरु भएको छ । जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले मंसिर २८ गते सुक्रवार देखि पुस २ गतेसम्म १० घण्टा बन्द गर्न लागिएको हो ।

उक्त सडकमा प्रत्येक दिन बिहान ८ देखि सॉझ ६ बजेसम्म सवारी आवागमन बन्द हुने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई अनुरोध गरेको छ । साथै उक्त समयमा एम्बुलेन्स तथा सुरक्षा निकायले प्रयाेग गर्ने सवारीसाधन लाई छाेडीने र अन्य सवारीसाधन एक एक घण्टामा छाेडिने बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page