राधा मावि र मीन माविमा सञ्चालित बालिका शिक्षा कार्यक्रममा सराेकारवालाकाे अनुगमन भ्रमण
तनहुँकाे राधा मावि र मीन माविमा सञ्चालित वालिका शिक्षा कार्यक्रम अन्तर्गत शिक्षक निर्देशित माेडल कार्यक्रमको पालिका द्वारा प्राविधिक अनुगमन भ्रमण तथा सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । रूमटुरिडकाे आर्थिक तथा प्राविधिक सहयोग एवं सुर्याेदय क्लवकाे आयाेजना साथै बिद्यालयकाे सहजीकरण र स्थानीय सराेकारवालाहरू सँगकाे सहभागीतामा उक्त कार्यक्रम सम्पन्न भएको हाे ।

शिक्षक निर्देशित माेडेल कार्यक्रमले बालिकाहरूमा पारेको प्रभाव साथै आगामी याेजनाकाे बारेमा छलफल गर्नु कार्यक्रमकाे मुख्य उद्भेश्य रहेको थियो ।
पालिका र रूमटुरिड तथा सुर्याेदय क्लव कसरी सँगसँगै जान सकिन्छ र कस्तो किसिमको सहकार्य आवस्यक पर्छ लगायतका बिषयमा भएको छलफलले भविस्यमा कस्तो किसिमको कार्यक्रमकाे याेजना बनाउन सकिन्छ भन्ने बारेमा सराेकारवालाहरूले आफ्नाे भनाइ राखेका थिए ।

राधा माविका प्रअ अशोक चन्द्र वाग्लेले वालिका शिक्षा कार्यक्रम बिद्यालयकाे लागि अत्यन्तै प्रभावकारी भएको बताए । वालिकाहरूमा यसले सकारात्मक साेचकाे बिकास गराएको वाग्लेकाे भनाइ थियो ।
कार्यक्रममा मीन माविका प्रअ राजेन्द्र भण्डारीले शिक्षक निर्देशित माेडेल अन्तर्गत जीवनउपयाेगी सीपलाइ दिगाेपन दिनको लागि याे कार्यक्रम निरन्तर चल्नुपर्ने भन्दै कार्यक्रमले बालिकाहरूमा आत्मबिश्वास बढाइ विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी हुन सक्षम बनाएको र खुलेर बाेल्ने बानीकाे बिकास भएको बताए ।
बिद्यालयमा शिक्षक निर्देशित माेडेल अन्तर्गत कक्षा ७ का बालिकाहरूले आफुले जीवनउपयाेगी सिपका सत्रहरूमा बस्न पाउनु ठुलो अवसरको रूपमा रहेको बताएका छन् । साथै उनीहरूले उक्त सत्र लिए पश्चात् आँफुहरूमा सकारात्मक परिवर्तनहरू जस्तै बाेल्ने बानीकाे बिकास भएको , अतिरिक्त क्रियाकलापमा सक्रिय रहेको , आफ्नाे रिस व्यवस्थापन गर्न प्रयास गरेको साथै महिनावारीकाे समयमा पनि निर्वाध रूपमा बिद्यालय गई आफ्नाे पढाइलाई निरन्तरता दिने गरेको बताए ।
उक्त कार्यक्रममा राधा माविकाे सहजीकरण शिक्षक ममता रानाभाटले र मीन माविमा सिर्जना पाेख्रेलले ” मेरो आवस्यकता र चाहना ” शिर्षकमा सत्र सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा बालिकाहरूले सक्रिय सहभागीता जनाउनुका साथै आफ्ना जिज्ञासाहरू समेत राखेका थिए ।
रूमटुरिड अन्तर्गत बालिका शिक्षा कार्यक्रमका कार्यक्रम अधिकृत नित्यानन्द पाण्डेले रूमटुरिड अन्तर्गतको आगामी याेजना साथै सुर्याेदय क्लवका कार्यक्रम प्रवन्धक प्रदिप रानाले सुर्याेदय क्लवकाे पृष्ठभूमि तथा बिद्यालय सँग गरिने आगामी याेजनाहरूकाे बारेमा प्रस्ट पारेका थिए ।
राधा मावि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल श्रेष्ठकाे अध्यक्षतामा राधा माविमा भएको कार्यक्रममा म्याग्दे २ का अध्यक्ष शिवबहादुर रानाभाटले कार्यक्रमकाे लागि वडाकाे तर्फबाट पुर्ण रूपमा सहयोग गर्ने र सहकार्यका साथ अगाडि बढ्ने बताए ।
यस्तै मीन मावि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलीपकुमार श्रेष्ठकाे अध्यक्षतामा मीन माविमा सञ्चालित कार्यक्रममा म्याग्दे ४ का अध्यक्ष दिपक श्रेष्ठले कार्यक्रमलाई प्रभावकारी बनाउन वडाले पुर्ण रूपमा सहजीकरण गर्ने साथै प्राविधिक शिक्षालाई महत्त्व दिनको लागि पनि वडाको तर्फबाट बजेट छुट्याउने प्रतिवद्धता व्यक्त गरे । उक्त अवसरमा म्याग्दे गापा शिक्षा शाखा प्रमुख विष्णु केसीले रूमटुरिड साथै सुर्याेदय क्लवले सञ्चालन गरेको बालिका शिक्षा कार्यक्रम अन्तर्गतको शिक्षक निर्देशित माेडेलले बिद्यालयका बालिकाहरूमा सकारात्मक प्रभाव पारेको र उनिहरू साच्चिकै सक्रिय रहेको देख्दा खुसी लागेको भन्दै कार्यक्रमकाे दिगाेपनाकाे लागि स्थानीय तहबाट सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
























