धारिलो हतियार देखाई सुनका गरगहना चोरी गर्ने तनहुँका थापा सहित ३ पक्राउ

धारिलो हतियार देखाई सुनका गरगहना चोरी गर्ने तनहुँका थापा सहित ३ पक्राउ
Oplus_0


धारिलो हतियार देखाई सुनका गरगहना चोरी गरी फरार रहेका ३ जना मानिस पक्राउ परेका छन् ।

कास्की स्थित पोखरा महानगरपालिका वडा न. ३१ बेगनास गैह्राघर बस्ने वर्ष ७९ का वेदनाथ अधिकारीको घरमा ३ जना नकावधारी मानिसहरुले धारिलो हतियार खुकुरी देखाई सुनका गरगहना चाेरी गर्ने तिनजना मानिसलाई पक्राउ गरिएको जिल्ला प्रहरी कास्कीका सुचना अधिकारी प्रनाउ वसन्त कुमार शर्माले बताए । उनीहरूले अधिकारीकाे श्रीमतीलाई कुटपिट तथा लछारपछार गरी निजले लगाएका सुनका गरगहना औंठी १ थान र कानमा लगाएका रिङ २ थान चोरी गरी फरार रहेका थिए ।

चाेरीमा संलग्न भइ फरार रहेकाहरूलाइ ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हाे । पक्राउ पर्नेमा तनहुँ रिसिंङ गा.पा. वडा नं. २ काउँशिवपुर स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १५ रामबजार बस्ने वर्ष ३७ को मोहन भन्ने मधु सिंङ थापा मगर, जिल्ला बाग्लुङ बा‌ङ्गादोबान गा.पा. ३ तमान स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ६ लेकसाईड बस्ने वर्ष ३८ को प्रकाश थापा र जिल्ला रोल्पा थवाङ गा.पा. वडा नं. ३ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ५ मालेपाटन बस्ने वर्ष ३२ को गोपाल नेपालीलाई उक्त घटनामा प्रयोग भएका २ थान खुकुरी सहित मिति २०८१।०९।०४ गते पक्राउ गरी कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको डिएसपी शर्माले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page