रवि विरूद्धकाे मुद्दामा आज हुँदैछ अभियाेजन दर्ता !

रवि विरूद्धकाे मुद्दामा आज हुँदैछ अभियाेजन दर्ता !
Oplus_0

कात्तिक २ गते काठमाडौं बाट पक्राउ परेर ३ गते देखि कास्की प्रहरीकाे थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रहरीले शुक्रबार आज जिल्ला अदालतमा मुद्दा दायरको तयारी गरेको छ । लामिछाने विरूद्ध सूर्यदर्शन सहकारीको रकम दुरुपयोगमा पूरक अभियोगपत्र दायर हुन लागेको हो । 

प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले सहकारी ठगीसहित सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको आरोपमा पक्राउ परेका रविविरुद्धको अनुसन्धान सकाएर कास्की प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा बुझाइसकेको छ
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारीले शुक्रबार नै मुद्दा दायर हुने गरी तयारी भइरहेको बताए । सम्पत्ति शुद्धीकरण मुद्दामा बढीमा ९० दिनसम्ममा अनुसन्धान सकाउनुपर्ने प्रावधानअनुसार शुक्रबार रवि र छविलगायत विरुद्ध अभियोजन दर्ता हुने आँकलन हो। जिल्ला अदालत कास्कीले रवि र छविलाई हिरासतमा राख्न अन्तिम पटक थपेको चार दिनको म्याद पनि आजसम्मलाई छ।

लामिछाने सहकारीमा प्रत्यक्ष संलग्न नभएपनि गोर्खा मिडियामा गएको सहकारीको पैसा खर्च गर्नेमा उनको समेत भूमिका रहेको भन्दै पक्राउ गरेर मुद्दा चलाउन लागिएको हो । रास्वपाले भने राजनीतिक प्रतिशोधका आधारमा उनीविरुद्ध मुद्दा चलाउन लागिएको भन्दै विरोध गर्दै आएको छ । 
सोमबार प्रहरीले पूर्वगृहमन्त्री लामिछाने, पूर्वडिआइजी जोशीसहित ५१ जनालाई प्रतिवादी बनाएर कारबाहीको सिफारिससहित सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा एक अर्ब ५१ करोड ४० लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ।

मुद्दा दायरपछि अदालतमा उनको बयान हुनेछ । बयानपछि साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने आदेश हुन्छ । पोखरामा छुटेपनि उनलाई नियन्त्रणमा लिएर रुपन्देही, चितवन, काठमाडौं र पर्सा लगेर मुद्दा दायर गर्ने प्रहरी तयारी छ । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page