लायन्स क्लव डुम्रे द्वारा बिद्यार्थीलाई न्यानो कपडा वितरण
लायन्स क्लब अफ डुम्रेले विद्यार्थीलाई न्यानाे कपडा वितरण गरेकाे छ ।
लायन्स क्लब ईन्टरनेशनल ३२५ एल अन्तरगत रहेकाे लायन्स क्लब अफ डुम्रेले बन्दिपुर गाउँपालिकाकाे वडा नं ६ का २ वटा विद्यालयका विद्यार्थीका लागि हालै न्यानाे कपडा वितरण गरेकाे हाे ।

धरमपानीकाे उदय आधारभूत विद्यालय र जय नेपाल आधारभूत विद्यालय ग्याजाटारका विद्यार्थीका लागि स्वीटर लगाएतका न्यानाे कपडा वितरण गरिएकाे लायन्स क्लब अफ डुम्रेकि प्रेसिडेन्ट रिता तिवारीले बताइन् ।

























