लायन्स क्लव शुक्ला द्वारा विपन्न परिवारलाई स्वास्थ्य बिमा तथा मृगौला पिडितलाइ सहयोग
लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सले शुक्लागण्डकी नगरपालिका वडा न. ७ मा बसोबास गर्ने विपन्न ५ घर परिवारलाई ५ लाख बराबरको स्वास्थ बिमा प्रदान गरेको छ । यस्तै क्लबले भिमाद नगरपालिका २ निवासी दुवै मृगौला खराब भएकी बिरामी अनिसा राना मगर लाई उपचारमा सहयोगको लागी रू ८ हजार ७ सय ३५- रुपैया सहयोग गरेको लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सका अध्यक्ष तुलसी कुमारी श्रेष्ठले बताइन् ।

सहयोग कार्यक्रममा लायन्स इन्टरनेसनल डिस्ट्रीक्ट ३२५ एल नेपालका डिस्ट्रीक्ट को-चिफ एडभाईजर लायन अमृत बराल , डिस्ट्रीक्टका GST कोअर्डीनेटर सुजित हिराचन,डिपार्टमेन्ट को-चिफ समुन्द्र राम श्रेष्ठ, जोन चियरपर्सन पिताम्बर तिमिल्सिना, डिस्ट्रीक्ट चियरपर्सन प्रमोद लामिछाने, LC तनहुँ खैरेनीटारका प्रथम उपाध्यक्ष सुरेन्द्र श्रेष्ठ लगायत लायन क्लव अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सका पदाधिकारी एवं सदस्यहरु र कार्यक्रम संयोजक निर्मला श्रेष्ठ (सुकु) लगायतको सक्रिय सहभागीता रहेको थियो ।

























