साताैं मिलिजुली कप एवं तमु ल्हाेसार पाैष १५ देखि २२ गतेसम्म हुने

साताैं मिलिजुली कप एवं तमु ल्हाेसार पाैष १५ देखि २२ गतेसम्म हुने


तनहुँको बन्दीपुर गाउँपालिका वडा नं ६ खहरेटारमा रहेको मिलिजुली युवा क्लबको आयोजनामा यही पुष १५ गतेबाट २२ गतेसम्म सातौं मिलिजुली कप २०८१ हुने भएको छ। कार्यक्रमकाे बारेमा जानकारी दिन आयाेजित पत्रकार सम्मेलनमा क्लवका संस्थापक अध्यक्ष सिद्धान्त थापा मगरले नेपाली राष्ट्रिय खेल भलिबलको जगेर्ना गरौं, गाउँ गाउँबाट टोलटोलबाट खेलाडी उत्पादन गरौँ’ भन्ने नाराका साथ सातौं वार्षिक उत्सवमा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा तमु ल्होसार साँस्कृतिक कार्यक्रम आयोजना गरिएको बताए । प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र , दोस्रो हुने टिमले नगद ६० हजार सहित ट्रफी ,मेडल र प्रमाण पत्र, तृतीय हुने टिमले नगद ४० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ थापाले जानकारी दिए । यस्तै प्रतियोगितामा सान्त्वना हुने टिमले नगद १० हजार सहित प्रमाणपत्र प्राप्त गर्ने छन् ।

उक्त प्रतियोगितामा भाग लिन दर्ता शुल्क ६ हजार तोकिएको छ भने पुस १० गतेबाट १५ गते सम्म टिम दर्ता गर्न सकिने क्लबका सचिव जितबहादुर थापाले बताए । क्लवले कार्यक्रमबाट बचेको पैसाबाट शैक्षिक लगायतको क्षेत्रमा सहयोग गर्दै आएकाे समेत थापाले जानकारी दिए ।


पत्रकार सम्मेलन जिल्ला भलिबल संघका अध्यक्ष पदम सुनार , पत्रकार महासंघ तनहुँका अध्यक्ष धनपती अधिकारी लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page