काङ्ग्रेस भ्रातृसंगठन नेपाल किसान महासंघ तनहुँकाे अध्यक्षमा ढाेरफिर्दीकी सरस्वती !
नेपाली काङ्ग्रेसको भ्रातृसंगठन नेपाल किसान महासंघ तनहुँको अध्यक्षमा सरस्वती गौतम मनोनित भएकी छन् । नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले ढोरफिर्दी निवासी गौतमलाई तनहुँको अध्यक्षमा मनोनित गरेका हुन् ।

नेपाल किसान महासंघको संगठन विस्तार एवं आगामी जिल्ला अधिवेशन तोकिएको समयमा सम्पन्न गर्ने गरी अध्यक्ष मनोनित गरिएको अध्यक्ष तिमिल्सिना द्वारा जारी पत्रमा उल्लेख गरिएको छ । गौतमलाई तनहुँ जिल्लाका सम्पूर्ण वडा, पालिका, प्रदेश र संघीय निर्वाचन क्षेत्रहरुको अधिवेशन केन्द्रले तोकेको समयमा गर्न गराउन जिम्मेवारी दिइएको हाे ।

























