पाैष २६ गतेदेखि प्रथम जलदेवी कप फुटबल प्रतियोगिता पतेनीमा हुने

पाैष २६ गतेदेखि प्रथम जलदेवी कप फुटबल प्रतियोगिता पतेनीमा हुने


व्यास नगरपालिका वडा नं ५ स्थित पतेनी ठुलोटारमा प्रथम जलदेवी कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । जलदेवी युवा क्लव म्याग्दे १ बाख्रेकाे आयाेजनामा पाैष २६ गतेदेखि माघ १ गतेसम्म जलदेवी कप सेभेन ए साइट फुटबल प्रतियोगिता हुन लागेको हाे ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ५५ हजार ५ सय ५५ रूपयाँ नगदका साथै ट्रफी , मेडल र प्रमाणपत्र तथा द्धितीय हुने टिमले ३३ हजार ३ सय ३३ रूपयाँ नगदका साथै ट्रफी , मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष मदन गुरूङले बताए । यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष गुरूङले जानकारी दिए ।


प्रतियोगिताका लागि टिम दर्ता यही २६ गतेसम्म गरिसक्नुपर्ने र टिम दर्ता शुल्क ५ हजार ५ सय रहेको क्लवले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page