निजामती कर्मचारी युनियन म्याग्देकाे अध्यक्षमा श्रेष्ठ
नेपाल निजामती कर्मचारी युनियन पालिका स्तरीय दाेस्राे पालिका भेला तथा अधिवेशन सुक्रवार म्याग्देमा सम्पन्न भएको छ । अधिवेशनले सुर्यकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिकाे उपाध्यक्षमा भाष्कर रेग्मी , उपाध्यक्ष समावेशीमा अनिता वाग्ले , सचिवमा एककुमार श्रेष्ठ , सहसचिवमा राजकुमार श्रेष्ठ र काेशाध्यक्षमा सक्षम घिमिरे चयन भएका छन् ।

यस्तै समितिकाे सदस्यहरूमा इन्द्रप्रसाद खनाल , श्रीराम खनाल , शेषराज पण्डित , अक्षयकुमार कायस्थ , अनिता शाही , प्रतिमा अधिकारी र सुवर्ण खनाल चयन भएका छन् ।
त्यसअघि भएको उद्घाटन कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले युनियनका साथीहरू बिच एकता भए बल हुने बताए । जुनसुकै व्यक्ति पनि कतै न कतै कुनै न कुनै आस्थामा जाेडिने भन्दै घिमिरेले आस्था प्रतिकाे माया एवम् सद्भाव अत्यन्तै महत्त्वपूर्ण हुने बताए ।
निस्ठा पुर्वक , इमानदारीपूर्वक पेशा प्रति समर्पित भएर कामगर्दा काेहीसँग डराउन नपर्ने भन्दै राम्रो गर्दागर्दै आस्थाकाे आधारमा कसैले नराम्रो गर्न खाेज्छ भने त्यस्तो कुरा आँफुलाइ स्विकार्य नहुने बताए । युनियनभित्र रहेको मान्छेलाई कसैले नराम्रो गर्न खाेज्याे भने त्यसको संरक्षण आँफुले गर्ने उनको भनाइ थियो । कर्मचारी युनियनका साथीहरू कुनै पनि समस्या परेमा निरन्तर सम्पर्क र संवादमा रहन उनलेे आग्रह गरे ।

कार्यक्रममा कर्मचारी युनियन तनहुँका अध्यक्ष नारायण अधिकारीले युनियनको अवस्थाकाे बारेमा जानकारी गराएका थिए । कर्मचारी युनियनका शेषकान्त पण्डितकाे अध्यक्षतामा भएको कार्यक्रममा युनियनका तनहुँ सचिव रामहरि खनाल , श्रीराम खनाल , इन्द्रप्रसाद खनाल लगायतले बाेलेका थिए ।
























