म्याग्देमा ठुलो परिमाणमा अखाद्य वस्तु तथा म्याद नाघेका सामाग्री नस्ट
तनहुँकाे म्याग्देमा ठुलो परिमाणमा अखाद्य बस्तु तथा म्याद नाघेका सामाग्री नस्ट गरिएको छ । आइतबार थर्पु बजार र आसपास भएको अनुगमनका क्रममा उक्त सामाग्री नस्ट गरिएको हाे ।

तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीको नेतृत्व, पर्यटन तथा उद्योग कार्यलयको आयोजना , खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली , म्याग्दे गाउँपालिका, उवा संघ थर्पु बजार इकाइ समिति , प्रहरी चौकी थर्पु समेतको सहभागितामा भएको संयुक्त बजार अनुगमनमा ती सामाग्रीहरू फेला परेको थियो । अनुगमन टाेलिले लेबल नभएका सामाग्री होटलको किचनमा प्रयोग भएका सिन्टेटीक रंगहरु , खानेकुराको प्रत्यक्ष सम्पर्कमा प्रयोग भएका मसीयुक्त कागज पत्रपत्रिका आदिलाई तत्काल नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख ज्याेती आचार्यले बताए । अनुगमन टाेलिले ६ वटा किराना पसल , ४ वटा होलसेल पसल , एउटा स्कूल क्यान्टिन अन्तर्गत दिवा खाजा कार्यक्रमःएउटा हार्डवेयरमा अनुगमन गरेको प्रमुख आचार्यले जानकारी दिए । अनुगमन टाेलिले पहिलोपटक स्कुलका क्यान्टिन तथा दिवा खाजामा समेत अनुगमनको थालनी गरेको छ ।

अनुगमन टाेलिमा सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारी , पर्यटन तथा उद्योग कार्यलयबाट प्रमुख दुर्गाराज सुवेदी तथा कर्मचारी रवि अधिकारी
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीका प्रमुख ज्योति आचार्य , म्याग्दे गाउँपालिका आर्थिक बिकास शाखा प्रमुख प्रदिप न्यौपाने , उद्योग वाणिज्य संघ थर्पु बजार इकाइका सभापति सुन्दरमणी अधिकारी , प्रहरी चौकी थर्पुका प्रसनि ड .आर भण्डारी लगायत अन्य कर्मचारी, प्रहरीहरुको उपस्थिति रहेको थियो ।
























