गायक महत जन्मभूमी तनहुँमा सम्मानित

गायक महत जन्मभूमी तनहुँमा सम्मानित

तनहुँको शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दीमा जन्मनु भएका वरिष्ठ लोक दोहोरी गायक प्रेमराजा महत आफ्नो जन्मभूमी तनहुँमा सम्मानित हुनु भएको छ ।
नवौ तनहुँ महोत्सव मुल समारोह समितिले शनिबार दमौलीमा सम्मान गरेको हो । गायक महतलाई गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, महोत्सव मुल समारोह समितिका संयोजक तथा तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्र, महोत्सवका निर्देशक पविन्द्रकुमार श्रेष्ठ, प्रवक्ता सुवोध अधिकारीले सयुक्त रुपमा सम्मान गर्नुभयो । गायक महतलाई दोसल्ला ओडाएर र कदरपत्र प्रदान गरि सम्मान गरिएको हो । लोकगीत प्रवद्धनमा देश विदेशमा पु¥याउनु भएको योगदानको कदर गर्दै गायक महतलाई सम्मान गरिएको सम्मानपत्रमा उल्लेख गरिएको छ ।


गायक महतको बाझो खेतमा, पानको पात, सिमसिमे पानीमा, सालैको पातैले, सान्नानी फिल्मको सान्नानी हाँसन, दमौलीको सम्झना बिर्सन, पारीबाट को आयो सालको पात बजाउँदै, न हिउँ चुलीमा हिउँ, जस्ता कालजयी गीत छन् । पछिल्लो समय ‘‘माया भेटियो बन्दीपुरैमा, प्रेम बसी गो कुरै कुरैमा…’’ लगायतका गीत चर्चित छन् । उहाँ मुख्य रूपमा लोक सङ्गीतमा प्रयोग हुने नेपालको परम्परागत वाद्य सारंगी बजाउनका लागि पनि प्रसिद्ध हुनुहुन्छ । अमेरिकामा बसेपनि गायक महत नेपाली गीत तथा सङ्गीतमा सक्रिय हुनुुहुन्छ । गायक महत नेपालको तर्फबाट अमेरिकाको लागि अवैतानिक वाणिज्य दुत पनि हुुनुहुन्छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page