लेखापढी कानून व्यवसायी एशोसिएन तनहुँको अध्यक्षमा थापा
नेपाल लेखापढी कानून व्यवसायी एसोसिएशन तनहुँको ३० औं साधारण सभा तथा १२ औं जिल्ला अधिवेशन दमौलीमा सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले बेनिबहादुर थापाकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेकाे छ ।
खसेको कूल एक सय आठ मतमध्ये थापाले ४१ मत प्राप्त गरेका थिए । अध्यक्षका प्रतिस्पर्धी द्वय तारा रानाभाटले ३६ र संंञ्जय गुरुङले २९ मत प्राप्त गरेकाे निर्वाचन समितिका संयोजक बिजय अधिकारीले जानकारी दिए । उनका अनुसार २ मत बदर भएको थियो ।
समितिकाे उपाध्यक्षमा तीर्थराज भट्टराई निर्विरोध चयन भएका छन् । सचिवमा डम्बरराज ओलिया ( प्रकाश ) ले ६१ मत ल्याएर बिजयी भए । सहसचिवमा इन्दिरा अधिकारी, कोषाध्यक्षमा मन्जु न्यौपाने र सहकोषाध्यक्ष कालीबहादुर अधिकारी सर्वसम्वत चयन भएको बताइएको छ ।

त्यसैगरी सदस्यमा गजेन्द्रसिं गिरी,प्रदीपराज लामिछाने,प्रमोद खनाल,सरस्वती खनाल,सुनिता सुवेदी,सुशिला जिसी,सन्तोषी श्रेष्ठ निर्वार्चित भएका छन् ।

























