डुम्रेकाे लक्ष्मी अस्पतालमा आगाेलागी
तनहुँकाे डुम्रे बजारमा रहेको लक्ष्मी हस्पिटलमा भर्खरै आगाेलागी भएकाे छ । आगाे कसरी सल्केको भन्ने यकिन भैसकेको छैन । अस्पतालकाे माथिल्लो तलामा आगाे बलेको स्थानीयले बताएका छन् ।

हाल स्थानीयहरू आगाे निभाउन प्रयास गरिरहेका छन् । आगाेलागीले अस्पतालकाे माथिल्लो काेठाबाट ठुलो मुस्लो निस्किरहेकाे छ ।

























