ऋषिङ्गका महिलालाई ३५ दिने सिलाइ कटाई तालिम !

तनहुँकाे ऋषिङ गाउँपालिका वडा नं १ द्धारा सञ्चालित ३५ दिने सिलाई कटाई तालिम सम्पन्न भएको छ ।

तालिममा सहभागीहरुलाई कार्यक्रमका प्रमुख अतिथी ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले प्रमाण पत्र वितरण गरेका थिए । सो अवसरमा गाउँपालिका अध्यक्ष श्रेष्ठले तालिममा सिकेको सीपलाई व्यवहारमा लागू गर्नेपर्नेमा जोड दिएका थिए ।

ऋषिङ गाउँपालिका वडा नं १ की सदस्य आशा नेपालीको सभापतित्वमा भएको कार्यक्रममा कार्यपालिका सदस्य सविना राना , वडा सदस्य धनबहादुर आले , भीमबहादुर आले , निवर्तमान वडा अध्यक्ष श्रीबहादुर आले , शुक्ला मा.वि.का प्र.अ. केशर थापा मगर , वडा सचिव दिपक अर्याल , सिंगीता वि.क.लगायतले बोलेका थिए ।
तालिममा २० जना प्रशिक्षार्थी सहभागी रहेका थिए । आधारभूत तालिमले सिप सिकेर राम्रो भएको भन्दै सहभागीहरूले अझै थप ६ महिने तालिम लिन पाए सबै कुरा जान्न पाइने बताएका थिए । साथै तालिममा सहभागीहरूले सिप त सिकेम अझै मेशिन पनि अनुदानमा पाए सिपलाई निरन्तर दिन सक्ने भनाइ राखेका थिए ।
























