राधा मावि जामुनेकाे ४४ औ वार्षिकोत्सब सम्पन्न , उत्कृष्ट शिक्षकहरू सम्मानित

राधा मावि जामुनेकाे ४४ औ वार्षिकोत्सब सम्पन्न , उत्कृष्ट शिक्षकहरू सम्मानित

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं २ जामुने स्थित राधा माध्यमिक विद्यालयको ४४ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस सम्पन्न भएको छ । वार्षिकोत्सब कार्यक्रमकाे प्रमुख अतिथि सांसद शंकर भण्डारीले उद्घाटन गर्दै विद्यालयको शैक्षिक र भौतिक स्तर उकास्नका लागि आफ्नो तर्फबाट सक्दो सहयोग रहने बताए । सामुदायिक बिद्यालयकाे शैक्षिक गुणस्तर माथि उठाउन शिक्षक,अभिभावक ,विद्यार्थी जिम्मेवार हुनुपर्ने सांसद भण्डारीको भनाई थियो ।

विद्यालयको वार्षिकोत्सव कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बाेल्दै म्याग्दे गाउँपालिकाले शैक्षिक क्षेत्रमा उल्लेखनीय काम गरेको बताए । कार्यक्रममा त्रिभुवन विश्व विद्यालय शिक्षा शास्त्र संकायका पूर्व डिन प्राडा कृष्णप्रसाद गौतम , शिक्षा बिकास तथा समन्वय इकाईका इकाई प्रमुख उद्धवराज कट्टेल , म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी , म्याग्दे ४ का अध्यक्ष दिपक श्रेष्ठ , २ का अध्यक्ष शिवबहादुर रानाभाट , १ का अध्यक्ष मणिभद्र वाग्ले , शिक्षक अभिभावक संघका अध्यक्ष सन्दीप रानाभाट , बिद्यालय व्यवस्थापन समितिका सल्लाहकार साेमबहादुर थापा , तारा रानाभाट , रामबहादुर अधिकारी , महेन्द्रराज काफ्ले , कृष्णकुमारी पण्डित रामभक्त रानाभाट लगायतले बाेलेका थिए ।

कार्यक्रममा बिद्यालयका प्रअ अशोक चन्द्र वाग्लेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै कार्यक्रममा उत्कृष्ट शिक्षकहरू लाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा बन्धुराज अधिकारी , विष्णु घिमिरे , अम्बिका घिमिरे , लक्ष्मी गाैली , ममता रानाभाट , भगवती लाैडारी , लक्ष्मी पाैडेल , कल्पना श्रेष्ठ र सीता विक रहेका छन् ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष छबिलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page