राष्ट्रिय दलित पत्रकार संघ गण्डकी प्रदेशको अध्यक्षमा तनहुँका पुर्ण विक !
राष्ट्रिय दलित पत्रकार संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट अध्यक्षमा पुर्ण बिक (तनहुँ) सर्वसम्मत चयन भएका छन् । समितिकाे उपाध्यक्षमा सन्तोष परियार (कास्की), महिला उपाध्यक्ष लक्ष्मी सुनार(गोरखा), सचिब रामशरण नेपाली (कास्की), कोषाध्यक्ष टोप बहादुर बिक(कास्की), सह सचिबमा अर्जुन हिताङ्ग( पर्बत) रहेका छन् ।

यस्तै सदस्यहरुमा लक्ष्मण बिक (पर्वत), पुर्णिमा परियार (स्याङ्जा), श्याम शितल परियार(लम्जुङ्ग), अमृत बिक (गोरखा), किरण गोतामे(नवलपुर), बिमला (परियार म्याग्दी), आदित्य रसाइली (मुस्ताङ), सरस्वती ल्वागुन (मुस्ताङ्ग) सहित १५ जनाको कार्यसमिति सर्बसम्मत निर्वाचित भएका छन् ।

























