पसले आधारभुत बिधालयकाे ४१ औ वार्षिकाेत्सव सम्पन्न
पसले आधारभुत बिधालय म्याग्देकाे ४१ औ वार्षिकाेत्सव एवम अभिभावक दिवस सम्पन्न भएको छ । वार्षिकोत्सब कार्यक्रमकाे प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रममा म्याग्दे ३ का अध्यक्ष टुकराज अधिकारी , ४ का अध्यक्ष दिपक श्रेष्ठ लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदिप लामिछानेकाे अध्यक्षतामा भएको कार्यक्रममा
नि प्रधानाध्यापक सरोज तिवारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त अवसरमा बिद्यार्थीहरूले नृत्य प्रस्तुत गर्नुका साथै सहयोगी व्यक्तित्वहरूलाइ सम्मान गरिएको थियो ।

























