बन्दीपुरमा भएको भलिबल प्रतियोगिताकाे उपाधि मिलिजुली युवा क्लव खहरेलाइ

बन्दीपुरमा भएको भलिबल प्रतियोगिताकाे उपाधि मिलिजुली युवा क्लव खहरेलाइ

बन्दिपुर गाउँपालिका वडा नं. ६ मा माघ २२ गते देखि २४ गते सम्म सञ्चालन भएको अध्यक्ष कप भलिबल प्रतियोगिताकाे उपाधि मिलिजुली युवा क्लब बन्दीपुर ६ खहरेटारले जितेको छ। बन्दिपुर ६, वडा कार्यालयकाे आयाेजनामा भएको तेस्रो वडा अध्यक्ष कपकाे उपाधि खहरेटारले जितेको हाे ।

टोलस्तरीय खुला भलिबल प्रतियोगितामा बागेश्वरी युवा क्लब, काफलस्वारा दोस्रो र तमु युवा क्लब, साराङघाट तेस्रो भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेले रु ३०,००० (तीस हजार), ट्रफी, मेडल र प्रमाणपत्र , दोस्रो हुनेले २०,००० (बीस हजार), मेडल र प्रमाणपत्र तथा तेस्रो हुनेले १०,००० (दश हजार), मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

उक्त प्रतियोगिताको समापन बन्दिपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले गरेका थिए भने प्रतियोगिताको पहिलो दिनको उद्घाटन उपाध्यक्ष पञ्च माया गुरुङले गरेकी थिइन्

कार्यक्रमको क्रममा मगर संघ केन्द्रिय निर्वाचन समिति संयोजक तथा मिलिजुली युवा क्लबका संस्थापक अध्यक्ष सिद्धान्त गर्जामगरले यस क्षेत्रलाई भलिबल खेलको केन्द्रबिन्दु बनाउन आवश्यक रहेकोमा जोड दिएका थिए।

खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्न महत्त्वपूर्ण भूमिका खेलेको आयोजक समितिले बताएको छ । प्रतियोगितामा १८ टिमको सहभागिता रहेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page