डुम्रे सहकारीको वार्षिकोत्सबमा विद्यालयमा पाेशाक र खाजा वितरण

डुम्रे सहकारीको वार्षिकोत्सबमा विद्यालयमा पाेशाक र खाजा वितरण

तनहँकाे बन्दिपुर १ डुम्रे बजारमा रहेकाे डुम्रे बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८ औं वार्षिकोत्सबकाे अवशरमा विद्यालयमा पाेशाक र खाजा वितरण गरेकाे छ ।
बन्दिपुर १ काे उपल्लाे फाँटमा रहेकाे जनता आधारभूत विद्यालयमा अध्ययनरत ४४ जना विद्यार्थीलाई विद्यालय पाेशाक र खाजा वितरण गरिएकाे संस्थाका अध्यक्ष राम कुमार पियाले बताए ।

सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आईरहेकाे र यश वर्ष विद्यार्थीलाई पाेशाक र खाजा वितरण गरिएकाे सहकारीका ब्यवस्थापक अच्युत सुवेदीले जानकारी दिए । पूर्व जिल्ला शिक्षा अधिकारी एवं स्थानीय देवेन्द्र खनालले सहकारीले विद्यार्थीका लागि गरेकाे सहयोग प्रति खुशी ब्यक्त गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page