दमाैलीका युवाहरूले मानुङमा कुटे प्रहरी !
व्यास नगरपालिका–५ स्थित मानङकोटमा एक प्रहरी जवान पिटिएका छन् । मानुङकोटमा होहल्ला गर्दै युवाहरूको समुहले अनावश्यक हर्कत गरेपछि अस्थायी प्रहरी चौकी मानुङकोटबाट प्रहरी गएकाे थियो । रातिको समयमा हाेहल्ला नगर्न र सुत्ने ठाउँमा जान भन्दै गर्दा युवाहरू प्रहरी माथि नैं जाइलागेका थिए ।

त्यहीक्रममा प्रहरी टोलीमध्ये सुनिल कार्कीमाथि कुटपिट भएको हो । राति साँढे २ बजे तिर मानुङकोटमा बर्थडे मनाएकाे भन्दै हाेहल्ला गरेका युवाहरूले सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात भएको तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।

उनका अनुसार युवाहरूको आक्रमणबाट प्रहरी कार्कीको अनुहारमा चोट लागेको र पाेखरामा उपचार पश्चात् डिस्चार्ज भैसकेका छन् । उनी अहिले खतरामुक्त रहेका छन् । घट्नामा संलग्न व्यास–४ निवासी रोशन गुरुङ,जेम्स गुरुङ,सुजल गुरुङ र व्यास–१ निवासी सुदीप बिकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । उनीहरु विरुद्व अभद्र व्यवहार मुद्वामा पाँच दिनको म्याद थप गरिएको बताइएको छ ।
























