चौथो शुक्लागण्डकी महाेत्सव सफल बनाउन मुल आयाेजक समितिकाे बृहत भेला !

चौथो शुक्लागण्डकी महाेत्सव सफल बनाउन मुल आयाेजक समितिकाे बृहत भेला !


चौथो शुक्लागण्डकी महोत्सवलाई भब्य रूपमा सफल बनाउन मुल आयाेजक समितिले बिहीबार बेलचाैतारामा वृहत् भेला एवम् अन्तरक्रिया गरेको छ । शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको मैदानमा फागुन ९ देखि २० गतेसम्म हुने महोत्सवकाे बारेमा सराेकारवालाहरूकाे बृहत् भेला एवम् अन्तरक्रिया भएको हाे । भेलामा जनप्रतिनिधि , संघसंस्था , आमा समूह , युवा क्लव लगायत उद्योगी व्यवसायी र पत्रकार हरूकाे सहभागीता रहेको थियो ।

महोत्सवलाई भव्य रुपमा सफल पार्न आयोजक शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले बिहिबार अन्तरक्रिया गरेको बरिस्ठ उपाध्यक्ष सुमन सापकोटाले बताए । अन्तरक्रियामा सहभागी संघसंस्थाका प्रतिनिधिले एजकुट भएर महोत्सवलाई सफल बनाउनुपर्ने बताएका थिए । उनीहरुको एकमत थियो, ‘शुक्लागण्डकी महोत्सवलाई यो क्षेत्रको पहिचानका रुपमा स्थापित गराउनुपर्छ ।’
महोत्सवमा विभिन्न समुदायको झाँकी प्रदर्शनी, दगाम भुजिकोट डाडाँको अवलोकन, ऐतिहासिक तथा धार्मिक क्षेत्रको अवलोकन साथै विभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रम रहने संघका बरिष्ठ उपाध्यक्ष एवम् महोत्सवका कलाकार संयोजक सुमन सापकोटाले बताए । महोत्सवमा विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, नृत्य प्रतियोगिता, पालिका स्तरीय भलिबल प्रतियोगितात्मक कार्यक्रम सञ्चालन हुने सापकोटाले बताए ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विकले प्रविधिको विकाससँगै बालबालिका एकलकाटे बनिरहेकाले महोत्सव उनीहरुलाई सिकाइको थलो बन्नुपर्नेमा जोड दिए । महाेत्सवकै लागि महाेत्सव भन्दापनी ‘बालबालिकाले सिक्न लायक विषय समेट्नुपर्छ । शुक्लागण्डकीमा उत्पादित भएका वस्तु नयाँ पुस्तालाई कति देखाउन सक्छौं त्यो महत्वपूर्ण हुन्छ’, उनले भने । फगत महोत्सवका रुपमा विकास नगर्न उनको सुझाव छ ।

पूर्वअध्यक्ष विमलप्रसाद रिमालले महोत्सव सबै मिलेर सफल पार्नुपर्नेमा जोड दिए । शुक्लागण्डकीबासीको महोत्सव भएको उनको भनाइ थियो ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठले महोत्सवलाई पृथक बनाउने प्रयास भइरहेको बताए ।

महोत्सवको मुख्य आकर्षणका रुपमा साँस्कृतिक झाँकी प्रदर्शनी, पर्यटन प्रबद्र्धन, नृत्य प्रतियोगिता, सांगीतिक कार्यक्रम, भलिबल प्रतियोगिता रहेका छन् । दैनिक उपभोग्य बस्तुको प्रदर्शनी एव बिक्री, खानाका परिकार, ऐतिहासिक स्थलको पदयात्रा, राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, पुष्प प्रदर्शनी तथा विक्री, सुन्तला, मास, अदुवाको प्रदर्शनी तथा खरिद विक्री हुनेछ महोत्सवका प्रवक्ता सुजन श्रेष्ठले बताए ।महोत्सवमा स्थानीय स्तरमा उत्पादित घरेलु तथा कृषि उपजलाई बिशेष प्राथमिकता दिई निःशुल्क स्टल प्रदान गरिने, स्थानिय व्यापारीहरुलाई २५ प्रतिशत छुटमा स्टल उपलब्ध गराईने, जनमानसमा कसरी भिन्न बनाउने , कसरी सबै जिल्लावासीबिच पहिचान बनाउनुका साथै नगरपालिका स्तरिय खूल्ला भलिवल प्रतियोगिता आयोजना गर्ने र प्रथम पुरस्कार २ लाख प्रदान गरिने, विद्यालय स्तरिय नृत्य प्रतियोगिता पनि आयेजना गरिने बताइएको छ । महोत्सव व्यापारको लागि हो भन्ने भ्रमलाई चिर्नको लागि स्थानिय कला र संस्कृतिलाई प्रमोशन गर्ने लक्ष्य आयाेजकले लिएको छ ।

अध्यक्ष समुन्द्र राम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बरिस्ठ उपाध्यक्ष सुमन सापकोटाले र महासचिव सुजन श्रेष्ठले सञ्चालन गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page