जंगबहादुर राणाको फाैजले प्रथम सहिद लखन थापालाई झुन्ड्याएर मारेको हाे – पुर्व मन्त्री थापा

जंगबहादुर राणाको फाैजले प्रथम सहिद लखन थापालाई झुन्ड्याएर मारेको हाे – पुर्व मन्त्री थापा

नेपालका प्रथम शहीद क्याप्टेन लखन थापा मगरको १४८ औ स्मृति दिवसको अवसरमा शुक्रबार साँझ दमौलीमा दीप प्रज्वलन गरिएको छ ।

नेपाल मगर विद्यार्थी संघ तनहुँले व्यास नगरपालिका-३ प्रशासनचोकमा दीप प्रज्वलन गरेको हो । दिप प्रज्वलन कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री शिवलाल थापाले नेपालका प्रथम सहिद लखन थापा मगरलाइ नेपालका जहानिया साशक जंगबहादुर राणाका फाैजले झुन्ड्याएर मारेको बताए ।

२०५१ सालमा नेपाल मगर संघको पाँचौ राष्ट्रिय महाधिवेशनले लगन थापा मगरलाई प्रथम सहिद घाेषणा गर्नकाे लागि लिखित दस्तावेज नभएको अवस्थामा उनको इतिहास खाेजेर जिवनी लेख्ने जिम्मा तत्कालिन महासचिव शिवलाल थापालाई दिने निर्णय भएको भन्दै त्यसपछिको झण्डै दुई वर्षकाे अनुसन्धान पछि उनको जिवनी एक पुस्तक मार्फत लेखेर दिएकाे बताए ।
त्यही आधारमा मगर संघले २०५७ सालमा पुरस्कार समेत मलाई दिएको उनलेे जानकारी गराए । क्याप्टेन थापाले तत्कालीन समयमा जहानिया शाशनले नेपाली जनतालाई अत्यन्तै दुख दिएको अवस्थामा हामी मात्रै क्याप्टेन भएर देशका जनताले मुक्ति पाउँदैनन भनेर जनतालाई संगठित गरेर आन्दाेलन सुरुवात गरेको बताए ।

जनतालाई संगठित गरेर आन्दाेलन गरेकाे कुरा बिराेधीहरूले जङ्गबहादुरलाइ सुनाएपछी उनी सहित जैसिङ्ग राना मगरलाई थुनेर राखेर झुन्ड्याएर मारेको उनले स्मरण गराए । त्यही कारणले सुशील काेइराला प्रधानमन्त्री भएको बेलामा नेपालकाे प्रथम सहिद घाेषणा गरिएको उनलेे जानकारी दिए । देशकै सहिद भएको मान्छेकाे स्मृतिमा सबै क्षेत्र सबै जात लाग्नुपर्नेमा मगर समुदाय मात्रै लाग्नु दुखद भएको उनकाे भनाइ थियो ।

वि.सं. १८९१ मा गोरखा जिल्लाको शहिद लखन गाउँपालिका वडा नं. ७, काहुले भङ्गार, बुंकोटमा जन्मिएका लखन थापा मगरको वास्तविक नाम लक्ष्मणसिंह थापा मगर भएको समेत उनलेे जानकारी दिए ।
नेपाल मगर बिद्यार्थी संघका जिल्ला अध्यक्ष बिजय थापा मगरकाे अध्यक्षतामा भएको उक्त कार्यक्रममा
नेपाल मगर बिद्यार्थी संघका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज बुद्ध गर्जा मगर , नेपाल मगर बिद्यार्थी संघ गण्डकी प्रदेश अध्यक्ष डेकपुन मगर , गण्डकी प्रदेश उपाध्यक्ष सागर घर्ती मगर , विनीता थापा लगायतले लखन थापाको इतिहासको बारेमा बाेलेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page