ग्यास पड्केर कुवेतमा मृत्युु भएका तनहुँका सराेजकाे शव नेता रेशमको पहलमा पाँच दिनमै घरमा आयाे !
तनहुँकाे बन्दिपुर गाउँपालिका वडा नं २ घर भै हाल कुवेतमा कार्यरत सरोज रोकाको कम्पनीमा ग्यास सिलिन्डर पड्किएर मृत्यु हुँदा अलपत्र भएको शव नेपाली काङ्ग्रेस तनहुँका पुर्व काेशाध्यक्ष रेशम गुरूङकाे सक्रियताले ५ दिनमै घरमा आएकाे छ ।

ग्यास सिलिन्डर पड्किएर सख्त घाइते भइ केहि महिना देखि अस्पतालमा उपचार गरिरहेको अबस्थामा सोमबार निधन भएका राेकाकाे शव ल्याउन नेता गुरूङले ठुलो भुमिका खेलेको मृतकका आफन्त रूकुम जाेसेफले बताए । बिदेशमा मृत्यु भएकाहरूको शव नेपाल ल्याउन लामो समय लाग्दथ्याे तर उहाँले परराष्ट्रमन्त्रालय देखि अन्य सम्बन्धित ठाउँमा आँफै दाैडधुप गरेर एकहप्ता नहुँदै ल्याइदिनुभयाे जाेसेफले भने । उहाँले गाउँघरमा जस्तोसुकै अफ्ट्यारोमा परेकालाई साथ सहयोग दिँदै आउनुभएकाे छ , उनलेे थपे ।

नेता गुरूङले परराष्ट्र मन्त्री आराजु राणा देउवाका स्वकीय सचिव तारा गाैतमलाइ भेटी यसबारेमा तुरुन्तै प्राेशेष अगाडि बढाइदिन आग्रह गरेका थिए । युवा नेता गुरूङले यस अगाडि पनि वैदेशिक राेजगारकाे सिलसिलामा गएका नेपालीको विभिन्न कारणले हुने निधनमा शव नेपाल ल्याउन बिशेष पहल गर्दै आएका छन् ।
























