भानुकाे लक्ष्मी सहकारी लाखौं हिनामिना गरी सम्पर्कबिहीन !
भानु नगरपालिका वडा नं ४ काे लक्ष्मी बचत तथा ऋण सहकारीले बचत कर्ताहरूकाे लाखौं बचत हिनामिना गरी सम्पर्कमा नआएको बचतकर्ताहरूले बताएका छन् । सहकारीका सञ्चालक राजेश कुमालले भानु ४ बाट भानु १ कल्याणटारमा सहकारी सारेर सम्पर्क बिहीन रहेको बचतकर्ताहरूले बताएका छन् । स्थानीय मिलन कुमार थापाले साँढे चार लाख बचत तथा सेयर आफ्नाे रहेको बताए । पटकपटक फाेन तथा म्यासेज गरेपनि रकम फिर्ता गर्नुकाे सट्टा नम्बर व्लक हान्ने काम भएको उनलेे बताए । यसको लागि वडा तथा नगरपालिकामा समेत गएको तर केही उपलब्धि हुन नसकेको थापाले जनाए । सर्वसाधारणको बचत फिर्ता नगरी भाग्दा आँफु जस्ता थुप्रै बचतकर्ताहरू पिडीत भएको उनलेे बताए । भानुकै अर्का युवा राजेश कार्कीले पनि लक्ष्मी सहकारीमा बाल बचत,दैनिकी र शेयर गरि ८० हजार सेयर र बचत डुवेकाे बताए । अहिले त अफिस नैँ कता गयो थाछैन उनलेे भने ।

यस सम्बन्धमा भानु नगरपालिका वडा नं ४ का अध्यक्ष अर्जुनबहादुर बाेहाेरासँग सम्पर्क गर्दा सञ्चालक नैं व्लड क्यान्सरले थला परेको बताए । स्थानीय केही बचतकर्ताहरूकाे गुनासो आएपछी सम्बन्धित व्यक्तिसँगकाे भेटमा बिरामी भएर उपचारमा लाग्नुपरेकाेले सहकारीको काम गर्न नपाएको बताएको उनलेे जानकारी दिए । कसैको पैसा खाने उद्धेश्य मेरो नभएको बचतकर्ता तथा सेयरसदस्यहरू लाई बाेलाएर छलफल गरेर लगानी भएको ठाउँको पैसा नउठेको तथा आँफु बिरामी भएको बारेमा जानकारी गराएको जानकारी पाएकाे वडाअध्यक्ष बाेहाेराले बताए । मेरो पनि एकलाख जति छ तर मान्छे नै बिरामी भए पछि भनेर बसेकाे समेत उनलेे जनाए ।

























